Madhes Khabar
राष्ट्रिय हेडलाइन

दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायसंग साझेदारी आवश्यक छ : वनमन्त्री यादव

मधेसखबर
वीरगन्ज , १७ भदौ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल जस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्यालाई विश्वव्यापी रुपमा उजागर गर्ने राष्ट्रहरु, क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदाय बीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतिय वर्ष २०२२ अन्तर्गत ‘मिट द एम्बेस्डर्स’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदाय बीच बलियो साझेदारी र आवश्यक रहेको बताएका हुन् ।

उनले भने, “हिन्दुकुश हिमाली क्षेत्रमा थप औपचारिक र प्रभावकारी ढङ्गले काम गर्दै विकास गर्नका लागि एउटा मन्त्रिस्तरीय सामूहिक सङ्गठनको आवश्यकता छ , हामी विश्वभरका पहाडी क्षेत्रहरुको समृद्धिको लागि अन्य देशहरुसँग सहकार्य र साझेदारी बढाउन इच्छुक छौं ।”

मन्त्री यादवले संयुक्त राष्ट्र संघको महासभाले सन् २०२२ लाई दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकेको समेत जानकारी दिए ।

नेपाल सरकारले आफ्ना हिमालका समस्या र सम्भावनाहरु नागरिक र अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन सक्ने गरी विभिन्न कार्यक्रम र गतिविधि सहितको दिगो पर्वतीय विकास अन्तर्राष्ट्रिय वर्ष मनाउने निर्णय भएअनुसार आफुहरु काममा लागि परेको समेत उनले जानकारी गराए।

नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने र राष्ट्रहरु, क्षेत्रीय संस्थाहरु र अन्तर्राष्ट्रिय समुदायहरुबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी खोज्ने यो ठूलो अवसर भएको मन्त्री यादवको भनाई थियो ।

मन्त्री यादवले नेपालमा हिमाल र पहाडले करिब करिब ८० प्रतिशतभन्दा बढी भूभाग ओगटेको तथा ती क्षेत्रमा पर्ने जङ्गल, सिमसार, खेतबारी, दायरा र चट्टान अनी हिउँको परिदृश्यले नेपाली पहाडहरु निकै मनोरम रहनुका साथै ठूलो सङ्ख्यामा वनस्पति र जनावरहरुका प्रजातिका साथै मानव जीविकालाई सहज भएको बताए । हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको प्रभाव, विशेष गरी उच्च पहाडी क्षेत्रहरुमा संसारका अन्य भागहरु भन्दा बढी गम्भीर रहेको र तापक्रम वृद्धिप्रति हिमाली क्षेत्रहरु बढी सम्वेदनशील रहेको मन्त्री यादवको भनाई थियो । हिमालमा जलवायु परिवर्तनको प्रभावले तराईमा पनि प्रभाव पार्ने तथा विशेष गरी पहाड र तराईकोबीचमा पानीजस्ता पारिस्थितिक प्रणाली सेवाहरुको प्रवाहको कारणले हिमालमा पर्ने जलवायु परिवर्तनले तराई क्षेत्रमा पनि प्रभाव पार्ने प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरे ।

पहाडी क्षेत्रहरु, विशेष गरी विकासोन्मुख देशहरुमा, बढ्दो गरिबी, खाद्य असुरक्षा, वातावरणीय ह्रास, प्रकोपको जोखिम र आधारभूत सेवामा सीमित पहुँच जस्ता धेरै कठिनाइहरु भोगिरहेका कारण समस्या भइरहेको उनको भनाई थियो ।

वन तथा वातावरण सचिव डाक्टर पेमनारायण कँडेलको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायत, ब्रिटेन, ब्राजिल, इजिप्ट, जापान, श्रीलङ्का, जापान, बाङ्लादेश लगायतका राजदूत तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related posts

“जनताको आवाज नै मेरो शक्ति हो”— घरदैलोमा कांग्रेस उम्मेदवार रमेश रिजाल

MadhesKhabar

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्ज मेनरोड विस्तारको मुद्दामा सर्वोच्च अदालतमा पेसी चढेर भयो सुनुवाई, अब के हुन्छ ?

MadhesKhabar

Leave a Comment