Madhes Khabar
समाज

नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरमा ५५० जनाले खाए खाना

वीरगन्ज,८मंसिरःवीरगन्जको नारायणी अस्पतालको प्रांगणमा शनिबार वीरगन्ज समाज सेवाले ५ सय ५० भन्दा बढीलाई निःशुल्क भोजन गराएको छ ।

अस्पताल प्रांगणमै उक्त संस्थाले २९ हप्तादेखि शनिबारका दिन निःशुल्क भोजन शविर सञ्चालन गर्दै आएको छ । त्यसैक्रममा शनिबारको शिविरमा अस्पतालका बिरामी, उनिहरुका कुरुवा,रिक्सा र ठेला चालक एंव विपन्नहरु गरी ५ सय ५० जनालाई निःशुल्क खाना खुवाइएको हो ।

शनिबारको शिविरमा वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ता,उपाध्यक्ष मनोज प्रसाद रौनियार,सचिब प्रकाश बाहिति, कोषाध्यक्ष विनोद सर्राफ, सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुंगटा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, नवनित अग्रवाल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ सय १६ जाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज पिपराका युवा पटेलद्धारा मानव सेवा आश्रमलाइ नगद ५० हजार सहयोग

MadhesKhabar

हावाहुरीले घर भत्किएर घाइते बालकको उपचारका लागि आर्थिक सहयोग गरिदिन बुबाको अपिल

MadhesKhabar

Leave a Comment