Madhes Khabar
समाज

नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरमा ५५० जनाले खाए खाना

वीरगन्ज,८मंसिरःवीरगन्जको नारायणी अस्पतालको प्रांगणमा शनिबार वीरगन्ज समाज सेवाले ५ सय ५० भन्दा बढीलाई निःशुल्क भोजन गराएको छ ।

अस्पताल प्रांगणमै उक्त संस्थाले २९ हप्तादेखि शनिबारका दिन निःशुल्क भोजन शविर सञ्चालन गर्दै आएको छ । त्यसैक्रममा शनिबारको शिविरमा अस्पतालका बिरामी, उनिहरुका कुरुवा,रिक्सा र ठेला चालक एंव विपन्नहरु गरी ५ सय ५० जनालाई निःशुल्क खाना खुवाइएको हो ।

शनिबारको शिविरमा वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ता,उपाध्यक्ष मनोज प्रसाद रौनियार,सचिब प्रकाश बाहिति, कोषाध्यक्ष विनोद सर्राफ, सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुंगटा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, नवनित अग्रवाल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

बाराबाट उद्धार गरिएकी १० बर्षिया बालिकालाई सानो पाइलाले अभिभावकको जिम्मा लगायो

MadhesKhabar

त्रिशुली घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न वीरगन्जमा गरियाे दीप प्रज्वलन

MadhesKhabar

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

MadhesKhabar

Leave a Comment