Madhes Khabar
शिक्षा समाज

नेपाल युथ फाउन्डेसनद्वारा श्री शारदा मा.वि. लाई लाउडस्पिकर हस्तान्तरण

मधेशखबर
वीरगंज असाढ २९ ,२०७९ आज गुरु पुर्णिामाको अवसरमा सामुदायिक बिधालयमा एक दाताको सहयोगमा लाउड स्पिकर हस्तान्तरण गरिएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको एक सामुदायिक बिधालयमा एक थान डाउड स्पिकर हस्तान्तरण गरिएको छ ।

श्री शारदा माध्यमिक बिधालय बहुवरी सुगौली पर्सा नेपालमा लाउड स्पिकर आवस्यक रहेको जानकारी पाएपछि नेपाल युथ फाउन्डेसनले दातृ निकायबाट सहकार्य गरि बिधालयलाई एक थान लाउड स्पिकर उपलब्ध गराएको हो ।

पछिल्लो हप्ता ग्रिन सिटी सामुदायिक प्रहरी साझेदारी अन्तर्गत गरिएको एक कार्यक्रममा बिधालयका प्रधानाध्यापक दयाकान्त झाले आफ्नो मन्तव्य दिने बेला बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन लाउड स्पिकरको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी रहेको नेपाल युथ फाउन्डेसनका स्थानीय युवाहरुले वीरगन्जका व्यवसायी राज होजियारीका सञ्चालक राज साहलाई जानकारी सहित अनुरोध गरेपछि उनले लाउड स्पिकर उपलब्ध गराईदिएको श्याम सरार्फले जानकारी गराए।

लाउड स्पिकर ग्रहण गर्दै बिधालयका प्रधानाध्यापक झाले बिधालय सुधारमा स्थानीयहरुको साथ र सहयोगको आवश्यकता रहेको बताए । साथै केहि कक्षा कोठामा पंखा र सेमिनार हलमा फर्निचरको पनि कमी औल्याउँदै व्यवस्था गरिदिन दातृ निकायसंग अनुरोध समेत गरे ।

हस्तान्तरण कार्यक्रममा स्थानीय समाजिक अभियन्ता श्याम कुश्वाहा, फाउन्डेसनका अध्यक्ष विकास कुश्वाहा, कमलेश मेहता, बिधालयका सहयोगी हेमराज सहित बिधार्थीहरुको उपस्थित थियो ।

Related posts

वीरगन्ज महानगरले विद्यालयहरुमा दियाे जाडाे बिदा

MadhesKhabar

वडाध्यक्ष चतुर्वेदीले सरकारी विद्यालयका बालबालिकालाई बाँडे ट्रयाकसुट र ब्याग

MadhesKhabar

वीरगन्जमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment