Madhes Khabar
शिक्षा

वडाध्यक्ष चतुर्वेदीले सरकारी विद्यालयका बालबालिकालाई बाँडे ट्रयाकसुट र ब्याग

वीरगन्ज,२०पुष:वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई वडाध्यक्ष आशुतोष चतुर्वेदीकाे पहलमा स्कुल ब्याग र ट्रयाक सुट वितरण गरिएकाे छ ।

वडाध्यक्ष चतुर्वेदीकाे पहलमा वडा स्तरीय बजेटबाट शुक्रबार वडा नम्बर २५ मा पर्ने दुई वटा सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका ३ सय जना बालबालिकाहरुलाई स्कुल ब्याग र ट्रयाकसुट वितरण गरिएको हाे।शुक्रबार ड्राईपोर्ट चोकमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा १५० र खल्वाटोलाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा १५० गरी ३ सय जना बालबालिकालाई वडाध्यक्ष चतुर्वेदी आफैंले विद्यालयमा पुगेर स्कुल ब्याग र ट्रयाक सुट वितरण गरेका हुन्।

वडा नम्बर २५ मै पर्ने माैजेटाेलकाे सामुदायिक विद्यालयका बालबालिकालाई भने आगामी आइतबार ट्रयाकसुट र स्कुल ब्याग वितरण गरिने याेजना रहेकाे वडाध्यक्ष चतुर्वेदीले बताए।

शुक्रबार विद्यालयमा बालबालिकालाई ट्रयाकसुट र स्कुल ब्याग वितरण गर्ने कार्यक्रममा वडाध्यक्ष चतुर्वेदीसंगै प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की, वडा सदस्य, शिक्षक-शिक्षाका , अभिभावक लगायतकोपनि उपस्थिति थियाे।

Related posts

पर्सामा शिक्षा पत्रकार समुह गठन,अध्यक्षमा यादव

MadhesKhabar

गाउँपालिका अध्यक्षको पहिलो निर्णय – १२ पास गरेकी छोरीको बिहेमा ५० हजार सहयोग

MadhesKhabar

वीरगन्जसहित देशभरका निजी विद्यालयको थप आन्दोलन : अनिश्चितकालीन बन्दसम्मको घोषणा

MadhesKhabar

Leave a Comment