Madhes Khabar
शिक्षा

गाउँपालिका अध्यक्षको पहिलो निर्णय – १२ पास गरेकी छोरीको बिहेमा ५० हजार सहयोग

मधेसखबर

वीरगन्ज,१३ जेठ

सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा ५० हजार रुपैयाँ सहयोग गर्ने पहिलो निर्णय गरेका छन् ।

अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

गाउँपालिकामा प्रत्येक वर्ष ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए ।

यो निर्णयले छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा कमि आउने विश्वास आफले लिएको उनले बताए ।

Related posts

सरकारी विद्यालयमा कार्यक्रमका लागि विद्यार्थीबाट रकम नउठाउन वडाध्यक्ष कानुको निर्देशन

MadhesKhabar

कक्षा ११ मा साउन मसान्त सम्म भर्ना लिन परीक्षा बोर्डको निर्देशन

MadhesKhabar

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

Leave a Comment