Madhes Khabar
शिक्षा

गाउँपालिका अध्यक्षको पहिलो निर्णय – १२ पास गरेकी छोरीको बिहेमा ५० हजार सहयोग

मधेसखबर

वीरगन्ज,१३ जेठ

सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा ५० हजार रुपैयाँ सहयोग गर्ने पहिलो निर्णय गरेका छन् ।

अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

गाउँपालिकामा प्रत्येक वर्ष ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए ।

यो निर्णयले छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा कमि आउने विश्वास आफले लिएको उनले बताए ।

Related posts

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

MadhesKhabar

वीरगन्जका विद्यालयमा फेरि ३ दिनका लागि गर्मी विदा

MadhesKhabar

वीरगन्जमा ५२ विधार्थीले पाए राउण्ड टेबल नेपालको छात्रवृत्ति 

MadhesKhabar

Leave a Comment