वीरगन्ज,७ असार :निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउन सफल ४० जना विद्यार्थीहरूलाई सम्मानित गरेको छ।
वीरगन्जस्थित होटल वृन्दावनमा आयोजित कार्यक्रममा पर्सा जिल्लामा प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट छात्र र छात्राहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको हो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप उत्साहित र प्रेरित बनाउने विश्वास व्यक्त गरे। उनले मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्य निर्माणमा महत्वपूर्ण टेवा पु¥याउने बताए।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्य आवश्यक रहेको बताए। उनले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै सफलता अन्तिम गन्तव्य नभई अझ ठूलो उपलब्धितर्फको यात्रा भएको उल्लेख गरे।
उनले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कारण विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको धारणा व्यक्त गरे। साथै आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साकी महिला बरिष्ठ उपाध्यक्ष सुशिला साह, मार्टिन मोक्तान लगायतकाकोपनि सहभागिता थियो ।

