Madhes Khabar
राजनीति हेडलाइन

पर्साकाे ग्रामीण भेगमा पेट्रोलमा कालाेबजारी,भाेट कट्ने डरले जनप्रतिनिधिले गर्दैनन् अनुगमन

प्रमाेद यादव
पर्सा,३१ भदाैं:पर्सा जिल्लाको ग्रामीण भेगमा पेट्रोलियम पदार्थमा कालाबजारी भइरहेको स्थानीयले गुनासाे गरेका छन्।नेपाल आयल निगमले आइतबार निर्णय गर्दै वीरगन्ज क्षेत्रमा पेट्रोलकाे मूल्य प्रतिलिटरकाे १ सय ५६ रुपैयाँ ५० ताेकेकाे छ।

तर पर्साकाे ग्रामीण भेगमा पेट्रोल प्रतिलिटर १८० देखि २०० रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता रहेकाे ग्रामीण भेगका उपभोक्ताहरुकाे गुनासाे छ।

पर्साको सखुवा प्रसौनी,पटेर्वा सुगौली जगगरनाथपुर गाँउपालिका तथा पर्सागढी नगरपालिकामा पर्ने जनता सडक ,गण्डक सडक, थरुहट सडक लगायतका स्थानमा रहेका किराना पसल ,पान पसल ,हार्डवेयर पसल र सडक पेटीमा प्रति लिटर पेट्रोल १८० देखि २०० रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको पटेर्वा सुगौलीका स्थानीय मुना तिवारीले बताए।

पालिकाहरूमा बजार अनुगमन समिति गठन भएपनि भोट कट्ने डरले पालिकाका जनप्रतिनिधिहरुले पेट्रोल बिक्रीवितरणमा भइरहेकाे कालाबजारीकाे अनुगमन नगरेको तिवारीले बताए ।

यसबारेमा ध्यानाकर्षण गराउँदा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने पालिकाहरूमा गठन गरिएका बजार अनुगमन समिति निष्क्रिय रहेको बताए ।पेट्रोल र अन्य विषयमा गुनासो प्राप्त भएकाले यथाशीघ्र जिल्ला स्तरीय बजार अनुगमन समितिलाई ग्रामीण क्षेत्रमा पठाई पेट्रोल नापतोल र कालाबजारी लगायतको विषयमा अनुगमन गरिने र दाेषी भेटिए कारवाही गर्ने उनले बताए ।

Related posts

पर्साकाे गादी र भलुवाही खाेलामा मापदण्ड विपरित उत्खनन

MadhesKhabar

बाराको विकास र मधेसका एजेण्डा स्थापित गर्न पनि उपेन्द्रले जित्नुपर्छ : लोसपा नेता सोनल

MadhesKhabar

यती एयरकाे विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

MadhesKhabar

Leave a Comment