Madhes Khabar
राजनीति

संसदकाे सार्वजनिक लेखा समितिमा सांसद प्रदीप यादव

काठमाडौं,१५बैशाख :प्रतिनिधिसभाको संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।

जसअनुसार सार्वजनिक लेखा समितिकाे सदस्यमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादव मनाेनित भएका छन् ।२६ सदस्यीय उक्त समितिमा बाराका सांसद अच्युत प्रसाद मैनाली, सर्लाहीका सांसद अमरेस सिंह, काभ्रेका सांसद गाेकुल प्रसाद बास्काेटा,राैतहटका सांसद देव प्रसाद तिमिल्सिना , चितवनका सांसद विक्रम पाण्डे लगायत रहेका छन् ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रियसभाको समेत गरी दुईवटा विषयगत समिति रहेका छन् ।

प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति,राज्यव्यवस्था तथा सुशासन समिति,पूर्वाधार विकास समिति,शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

Related posts

तरुण दलकाे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

रोचक बन्दै पत्रकार महासंघको चुनाव–कांग्रेसका बागी उम्मेदवारलाई माओवादीको समर्थन

MadhesKhabar

जसपा नेपालका वीरगन्ज महानगर उपाध्यक्ष पटेल जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment