Madhes Khabar
राजनीति

पर्सामा जसपाकाे संगठन सुदृढीकरण अभियान: सखुवाप्रसाैनीमा ३१ सदस्यीय समिति पुनर्गठन

वीरगन्ज ,२३भदाैं: जनता समाजवादी पार्टी (जसपा) पर्साले संगठन सुदृढीकरण अभियानलाई तिव्रता दिएको छ ।

जस अन्तर्गत सखुवाप्रसौनी गाउँपालिकामा जसपाकाे गाँउपालिका समिति पुर्नगठन गरिएको छ।गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको अध्यक्षतामा ३१ सदस्यीय समितित पुनर्गठन गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।
अहमदका अनुसार समितिमा श्रीराम पासवान, जयप्रकाश थारु, नाजिर हुसैन लगायत रहेका छन् ।

समिति पुर्नगठनका कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुरले जनता समाजवादी पार्टी परिवर्तनकारी पार्टी भएको दाबी गरे । समाजवादको उद्देश्य जसपाले मात्रै हाँसिल गर्ने बताउँदै उनले सबैलाई जसपामा संगठीत हुन आह्वान गरे । जसपा पर्साका अध्यक्ष रामनरेश यादवले संगठन निर्माण र सुदृढीकरणको विकल्प नरहेको बताए। संगठन सुदृढीकरण भएमा मात्रै पार्टीका मुद्दा स्थापित हुने यादवको विश्वास छ ।अहिले जसपा पर्सा संगठन निर्माण र विस्तारकै क्रममा रहेको बताउँदै उनले २०८४ को निर्वाचनमा फेरी पर्सालाई जसपामय बनाउने दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर २५ जना जसपामा प्रवेश गरेको जसपा पर्साका सचिव अहमदले जानकारी दिए । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुुर, जसपा पर्साका अध्यक्ष रामनरेश यादव लगायतले अबिर र माला लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रमलाई जसपा पर्साकी कोषाध्यक्ष एवम् सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रदेश सभा समन्वय समितिका क्षेत्रीय अध्यक्ष उपेन्द्र यादव, सल्लाहकार शिवनाथ साह, श्रीराम गिरी, इकाई कमिटी अध्यक्ष अशोक साह, चिरञ्जीवि महतो, सद्धाम हुसैन, रुपलाल यादव लगायतकोपनि सहभागीता थियो ।

Related posts

जनताको घरदैलो पुगेका सोनललाई भव्य स्वागत

MadhesKhabar

बजेट पारित भएपछि सिके राउतले भने : यो संसद नभएर नाटकघर हो

MadhesKhabar

आफुले भनेको बजेट नदिए मन्त्रालयमै अनशन बस्ने बाराका सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment