Madhes Khabar
राजनीति

उपनिर्वाचन :मधेसमा कांग्रेस र जसपा नेपाल बराबर,जनमत पार्टी शुन्य

फाइल फाेटाे

जनकपुरधाम,१७मंसिरःमंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा मधेस प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदको लागि भएको चुनावको नतिजा आँउदा मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी शुन्य भएको छ ।

सात वटा वडामध्ये नेपाली कांग्रेस र जसपा नेपालले २–२ सिट जितेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १–१ सिट जितेका छन् ।

तर मधेस सरकारको नेतृत्व गरिरहेको डा. सिके राउन तेतृत्वको जनमत पार्टी शून्य स्थितिमा रह्यो । जनमतका उम्मेदवार एउटा वडामा तेस्रो नम्बरमा मत ल्याउने बाहेक अन्य वडामा प्रतिस्पर्धामै आउन सकेनन् ।

धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मा विजयी हुँदा सातौं नम्बरमा जनमतका उम्मेदवार कुशेश्वर मण्डल मात्र २५ मतमा सीमित भएका छन् । यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा त जनमतले उम्मेदवार समेत उठाउन सकेन ।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर विजयी हुँदा पाँचौ नम्बरमा जनमतका उम्मेदवार शैलेन्द्र साह तेलीले ७४ मत मात्र पाएका छन् ।

डाकनेश्वरीको वडा नम्बर ४ मा जसपा नेपालकै उम्मेदवार देवेन्द्रप्रसाद यादव ३७२ मतले जित निकाल्दा तेस्रो नम्बरमा जनमतका उम्मेदवार उदयनारायण पंडितले २३१ मत पाए ।

रौतहटको ईशनाथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले निर्वाचित भए । त्यहाँ जनमतका उम्मेदवार शेख जमिरुल हक चौथो नम्बरमा १३५ मतमा सिमित भए ।

यस्तै रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतले निर्वाचित हुँदा जनमतका उम्मेदवार सरेन्द्र राउत कुर्मी छैटौं नम्बरमा रहे । उनले मात्र ८ मत पाए ।

रौतहटकै राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी हुँदा चौथो नम्बरमा जनमतका उम्मेदवार कयामुद्दिन धुनिया मात्र ४५ मतमा सीमित भएका छन् ।

मधेस् प्रदेशसभामा जनमत १३ सांसदसहितको चौथो ठूलो दल हो । प्रतिनिधिसभामा उसको ६ सिट छ ।साभारःअनलाइनखबर

Related posts

चुनावमा भाग लिने कांग्रेसको निर्णय

MadhesKhabar

बजेट संशोधन नभए पास हुन दिदैंनाै : सिके राउत

MadhesKhabar

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

Leave a Comment