Madhes Khabar
राजनीति

महामन्त्री गगन थापाको स्वागतका लागि सिमरामा पुग्न कार्यकर्ताहरुलाई कांग्रेस पर्साको आह्वान

वीरगन्ज,६भदौं : नेपाली कांग्रेस पर्साले वीरगन्जको कार्यक्रममा सहभागी हुन आउन लागेका कांग्रेस महामन्त्री गगन थापालाई स्वागत गर्न शनिबार बाराको सिमरा विमानस्थलमा पुग्न पार्टीका नेताकार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

कांग्रेस नेता स्व. प्रदीप् गिरिको स्मृति दिवसमा शनिबार वीरगन्जमा हुन लागेको कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री थापा शनिबार वीरगन्ज आउने कार्यक्रम छ ।

वीरगन्जस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको कांग्रेसको पर्सा जिल्ला कार्य समितिको बैठकले शनिबार बिहान १० बजे सिमरा विमानस्थलमा पुग्न पार्टीका नेताकार्यकर्ताहरुलाई आह्वान गरेको हो ।यस्तै बैठकले शनिबार अपरान्ह ३ बजे पार्टी कार्यालयमा महामन्त्री थापासंग कार्यकर्ता भेछघाट कार्यक्रम गर्ने निर्णयपनि गरेको छ ।

कांग्रेस पर्साका सभापति एवं मधेस प्रदेशका भूमि व्यवस्था सहकारी तथा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटा र गुरु बराल, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव तथा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम,जिल्ला सचिव दिनेश चौधरी, जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला कोषाध्यक्ष प्रेम थापा लगायतकाको सहभागिता रहेको काांग्रेस पर्साका प्रचार प्रसार प्रमुख धर्मेन्द्र कुमार पटेलले जानकारी दिए ।

Related posts

बारा कांग्रेस सभापति यादव भन्छन् : मधेसको शान उपेन्द्र यादवको जित सुनिश्चित छ

MadhesKhabar

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

चुनाव पछि सडक आन्दोलनमा जान्छौं : प्रचण्ड

MadhesKhabar

Leave a Comment