
बारा,३०चैत : नेपाली काँग्रेस बाराका सभापति राजेशराय यादवले बारा २ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।उनले जसपा अध्यक्ष समेत रहेका यादव गठबनधनका साझा उम्मेदवार भएकाले उनलाई जिताउने विषय कांग्रेसको प्रतष्ठासंग पनि जोडिएको बताए ।
बारा २ मा चुनावी प्रचार प्रसारमा व्यस्त रहेका कांग्रेस जिल्ला सभापति यादवले सन्चारकर्मीसंग कुरा गर्दै बारा २ मा उपेन्द्र यादवलाई जिताउन जिल्लाकै सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरु अहोरात्र खटिइरहेको बताए । उनले भने,‘ कांग्रेसको एक भोट पनि दाँयाबायाँ हुदैन , बारा २ मा पहिले जति भोट कांग्रेसलाई पथ्र्यो , त्यो भन्दा बढि नै भोट उपेन्द्र जीलाई कांग्रेसले यसपालि दिलाएर जिताउछ , यो मेरो ठोकुवा हो ।
मधेसका हक अधिकार र पहिचान दिलाउन सफल राष्ट्रिय नेता यादव स्वंय अहिले बारा २ मा चुनाव लडिरहेकाले यो बाराका समग्र कांग्रेसीका लागि पनि गौरव र शानको विषय भएको कांग्रेस जिल्ला सभापति यादवले बताए ।
उनले अहिले बारा कांग्रेसमा कुनैपनि मतभेद र विवाद पनि नभएकाले जिल्लाको पुरै पार्टी पंिक्त एकढिक्का भएर उपेन्द्र यादवलाई जिताउन लागि परेको पनि बताए ।उनले भने,‘ कांग्रेसका एक एक कार्यकर्ता उपेन्द्र जीलाई जिताउने महाअभियानमा दिनरात नभनी खटेका छन् , त्यसका कारण बारा २ मा यसपालि उपेन्द्र यादवजीको ऐतिहासिक जित हुने निश्चित छ ।

