Madhes Khabar
राजनीति

बारा कांग्रेस सभापति यादव भन्छन् : मधेसको शान उपेन्द्र यादवको जित सुनिश्चित छ

बारा,३०चैत : नेपाली काँग्रेस बाराका सभापति राजेशराय यादवले बारा २ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।उनले जसपा अध्यक्ष समेत रहेका यादव गठबनधनका साझा उम्मेदवार भएकाले उनलाई जिताउने विषय कांग्रेसको प्रतष्ठासंग पनि जोडिएको बताए ।

बारा २ मा चुनावी प्रचार प्रसारमा व्यस्त रहेका कांग्रेस जिल्ला सभापति यादवले सन्चारकर्मीसंग कुरा गर्दै बारा २ मा उपेन्द्र यादवलाई जिताउन जिल्लाकै सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरु अहोरात्र खटिइरहेको बताए । उनले भने,‘ कांग्रेसको एक भोट पनि दाँयाबायाँ हुदैन , बारा २ मा पहिले जति भोट कांग्रेसलाई पथ्र्यो , त्यो भन्दा बढि नै भोट उपेन्द्र जीलाई कांग्रेसले यसपालि दिलाएर जिताउछ , यो मेरो ठोकुवा हो ।

मधेसका हक अधिकार र पहिचान दिलाउन सफल राष्ट्रिय नेता यादव स्वंय अहिले बारा २ मा चुनाव लडिरहेकाले यो बाराका समग्र कांग्रेसीका लागि पनि गौरव र शानको विषय भएको कांग्रेस जिल्ला सभापति यादवले बताए ।

उनले अहिले बारा कांग्रेसमा कुनैपनि मतभेद र विवाद पनि नभएकाले जिल्लाको पुरै पार्टी पंिक्त एकढिक्का भएर उपेन्द्र यादवलाई जिताउन लागि परेको पनि बताए ।उनले भने,‘ कांग्रेसका एक एक कार्यकर्ता उपेन्द्र जीलाई जिताउने महाअभियानमा दिनरात नभनी खटेका छन् , त्यसका कारण बारा २ मा यसपालि उपेन्द्र यादवजीको ऐतिहासिक जित हुने निश्चित छ ।

Related posts

आफ्ना नेताहरूलाई २४ घण्टाभित्र रिहा नगरिए देशभर आन्दोलन गर्ने राप्रपाकाे चेतावनी

MadhesKhabar

जेनजी आन्दोलन आयोगको प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही गर्न सभापति थापाको माग

MadhesKhabar

वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनको एमालेसंग ६ हजार भन्दा बढिको अग्रता कायमै

MadhesKhabar

Leave a Comment