Madhes Khabar
राजनीति

नयाँ नेतृत्व चयन गर्न जसपा नेपालको महाधिवेशन जनकपुरमा सुरु

जनकपुरधाम,२८जेष्ठःजनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरमा सोमबारदेखि सुरु भएको छ ।जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित महाधिवेशनको जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाधिवेशनको उद्घाटन सत्रलाई नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलका साथै भारतका विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गरेका छन् ।

महाधिवेशनमा करिब १३ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । जेष्ठ ३० गतेसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्ने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

Related posts

ठाकुररामको स्ववियु निर्वाचन : जनमत विधार्थी संघका अध्यक्ष सिंह नेविसंघमा प्रवेश

MadhesKhabar

एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने

MadhesKhabar

पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्यो : लामिछाने

MadhesKhabar

Leave a Comment