Madhes Khabar
राजनीति

ठाकुररामको स्ववियु निर्वाचन : जनमत विधार्थी संघका अध्यक्ष सिंह नेविसंघमा प्रवेश

मधेसखबर
वीरगन्ज,२७फागुन : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका जनमत विधार्थी संघका इकाई अध्यक्ष शुभम सिंह नेविसंघमा प्रवेश गरेका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संस्था जनमत विधार्थी संघका इकाई अध्यक्ष सिंह , नेपाली काँग्रेसको भातृ संस्था नेविसंघमा प्रवेश गरेका हुन् ।

शनिबार क्याम्पस परिसरमै आयोजित कार्यक्रममा सिंहलाई काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले अबीर टिका लगाएर स्वागत गरे भने नेविसंघ पर्साका सभापति रमेश यादवले सिंहलाई संघको सदस्यता प्रदान गरे ।

चैत ५ को स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा जनमत विधार्थी संघका इकाई अध्यक्ष सिंह नै नेविसंघमा प्रवेश गरेपछि ठाकुरराम क्याम्पसमा नेविसंघको पकड झन मजबुत भएको काँग्रेस जिल्ला सहससचिव नवीन सिंहले बताए ।

त्यसअवससरमा नेपाल तरुण दल पर्साका सभापति विकास तिवारी , काँग्रेसका युवा नेता धर्मराज यादव , नेविसंघका नेताहरु मुनराज तिवारी , शेष हजरा , विकास मण्डल , राहुल गुप्ता , रोशन सिंह लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

फरमुल्लाह ,आरजु र विमलेन्द्र समानुपातिक तर्फको उम्मेदवार

MadhesKhabar

स्ववियुमा पहिलो भएको भन्दै नेविसंघलाई कांग्रेसले दियो बधाई

MadhesKhabar

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : नेपाललाई हिन्दु राष्ट्र बनाउन राप्रपा नै जित्नु पर्छ

MadhesKhabar

Leave a Comment