Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज–३१ को विद्यालय र सार्वजनिक स्थानमा २४ लाखको लागतमा शौचालय निर्माण

वीरगन्ज,२७ कात्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर. ३१ अन्तर्गतका स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

सामाजिक संस्था “नमस्ते गुम्डा” को आर्थिक सहयोगमा वडा नम्बर ३१ अन्तर्गतका २ वटा सामुदायिक विद्यालय र २ वटा सार्वजनिक स्थानमा गरी जम्मा ४ वटा शौचालय निर्माण गरिएको हो ।करीब २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएका शौचालयहरु औपचारिक रूपमा एक विशेष कार्यक्रमकाविच हस्तान्तरण गरिएको छ ।

सोलकपुर माध्यमिक विद्यालय र दलित आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षक–शिक्षिकाको प्रयोगका लागि दुई वटा तथा बाँकी दुई स्थान सोलकपुर चोक र लक्ष्मीपुर चोकमा सर्वसाधारणको प्रयोगका लागि दुई वटा शौचालय निर्माण गरिएको हो ।

सार्वजनिक स्थानमा शौचालयको अभावले स्थानीयवासी र आउजाउ गर्नेहरुलाई निकै असहजता भोग्नुपरेको भन्दै, अब यी शौचालयहरूले सफाइ, स्वास्थ्य र स्वच्छता प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

नमस्ते गुम्डाका प्रतिनिधि कृष्ण धरेलले सार्वजनिक शौचालयको अभाव देखिएकाले आफूहरुले प्राथमिकता दिएर चार स्थानमा शौचालय निर्माण गरेको बताउँदै यसको संरक्षण र प्रयोगमा स्थानीयले जिम्मेवारीपूर्वक भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादबले स्थानीयको आवश्यकतालाई ध्यान दिएर शौचालय निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद व्यक्त गरे । पानी टंकी, धारा र शौचालय निर्माण गरेर हस्तान्तरण गरेको उपलक्ष्यमा वडा कार्यालयले संस्थालाई सम्मान समेत गरेको छ ।

सफा र स्वस्थ समुदाय निर्माणमा यस्ता पहल अत्यन्तै उदाहरणीय रहेको उल्लेख गर्दै, आगामी दिनमा पनि यस्तै सामाजिक संस्थाको सहकार्यमा विकासका कार्य निरन्तर रहने अपेक्षा वडा कार्यालयको रहेको पनि वडाध्यक्ष यादबले बताए ।

 

Related posts

वीरगन्जको शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार जरिवाना

MadhesKhabar

बारामा १५ लाख मुल्य बराबरकाे माेबाइलसहित एक तस्कर पक्राउ

MadhesKhabar

ठोरीको वृद्धाश्रममा उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

Leave a Comment