Madhes Khabar
राष्ट्रिय

प्रधानमन्त्री कार्कीको निर्देशनमा मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

काठमाडौं,२८कात्तिकःनिर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो ।

‘प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिइरहनु भएको थियो । मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरेका हौं,’ भण्डारीले भने ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै अब ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।साभारःअनलाइनखबर

 

Related posts

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

MadhesKhabar

‘धोती दिवस’ मनाउदा पक्राउ परेकाहरुकाे रिहाइको माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतकाे आदेश

MadhesKhabar

Leave a Comment