Madhes Khabar
राष्ट्रिय

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतकाे आदेश

फाइल तस्बिर ।

भैरहवा,२२चैत्त: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले अन्नपूर्ण पोष्टलाई जानकारी दिए।

त्यस्तै पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत रुपन्देहीले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेश उच्च अदालतले सदर गरेको उनले बताए।

जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआईजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यही आदेश चित्त नबुझेको भन्दै उनीहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।साभार:अन्नपूर्णपाेष्ट

Related posts

बैशाख ३० को स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक विदा

MadhesKhabar

ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता

MadhesKhabar

टिकटक आजैदेखि बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

MadhesKhabar

Leave a Comment