Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको सीडीओ कार्यालयमा बसेको सर्वक्षीय बैठकमा के के भयो निर्णय ?….

वीरगन्ज,११ फागुनःवीरगन्जमा दुई फरक धर्म समुदायबीचको विषयलाई लिएर आइतबारदेखि उत्पन्न तनाव साम्य पार्न तीन बुँँदे निर्णय गरिएको छ ।

सोमबार अपरान्ह जिल्ला प्रशासन कार्यालय पर्सामा सदभाव समितिको अग्रसरतमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा सहभागी बैठकले तीन बुँदे निर्णय गरेको हो ।

वीरगन्ज–११ श्रीपुरमा आइतबार बेलुकी भएको घटना तथा उक्त घटनाबाट श्रृजित घटनाक्रमका दोषीहरुलाई प्रहरीले कानुनी दायरामा ल्याउने र त्यसका पीडीत पक्षबाट जाहेरी लिई आवश्यक प्रकृया यथाशिघ्र अगाडि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । दोषीहरुलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने निर्णय पनि भएको उनले बताए ।
यस्तै बैठकमा व्यक्तिगत घटना÷दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, समाजिक सन्जालमा भाइरल बनाउने,हेट स्पीच प्रशारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन वमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णयपनि भएको बैठकमा सहभागी जसपा पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए।

यस्तै आगामी दिनमा धार्मिक,सामाजिक सदभाव कायम राख्न नागरिक समाज,राजनीतिक दल,मिडियाकर्मी,धार्मिक तथा समाजिक अगुवा र जनप्रतिनीधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णयपनि गरिएको उनले बताए ।

यसका साथै जिल्ला सुरक्षा समितिको बैठक बसेर वीरगन्जमा सोमबार बिहानदेखि लगाइएको कर्फु आदेश हटाउने सहमतिपनि बैठकमा भएको अहमदले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेशराज सुबेदी,सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राजनीतिक दलका अगुवा,हिन्दु र मुस्लिम समुदायका अगुवा,सदभाव समितिका सदस्य लगायतकाको सहभागिता रहेको थियो ।

 

Related posts

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

MadhesKhabar

वीरगन्जका मेयर सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

MadhesKhabar

वीरगन्जको हाम्रो सहारा सहकारीका सञ्चालक र कर्मचारी फरार

MadhesKhabar

Leave a Comment