Madhes Khabar
समाचार हेडलाइन

आर्थिक प्रलोभनमा परी ठगिने क्रम बढ्दो

मधेसखबर
पुष ६ गते : हाल १९ वर्ष भन्दा माथिका र पढेलेखेका मानिसहरु नै विभिन्न प्रलोभनमा परेर बेचविखनमा पर्ने र ठगिने क्रम बढेको छ ।
विहीबार फाउण्डेसन हेरेस्को सहयोगमा माईती नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा माईती नेपाल वीरगंजले यो एक वर्षको अवधीमा २ सय ६० जनाको उद्धार गरेको जनाएको छ । २०२३ को जनवरीदेखी २०२३ डिसेम्बर महिनाको हालसम्ममा ३ जना बालक ,२ सय ५७ जना महिला गरी कुल २ सय ६० जनाको माईती नेपालले उद्धार गरेको हो । तर गत वर्ष यही अवधीमा ५७ जनालाई भने सिमानाकाबाट उद्धार गरीएको थियो भने सोही अवधीमा यस वर्ष १७ जनालाई उद्धार गरीएको छ ।

उद्धार गरीएकाहरु मध्ये अधिकांश १८ वर्ष भन्दा माथिका रहेका र उनीहरु मध्ये ७१ जनालाई भने नेटवर्किंग कम्पनीमा तालिमपछि जागिर लगाईदिने प्रलोभनमा परेर भारत जान लागेकाहरुलाई उद्धार गरी सम्झाईबुझाई गरी घर फर्काइएको माईती नेपालका सुपरभाईजर गोमा पौडेलले जानकारी दिईन् ।

वीरगंजमा मात्रै माईती नेपाल , आशिष सामाजिक नेपाल ,आफन्त नेपाल,साना हात नेपाल र नेपाल प्रहरी लगायतले सिमा नाकामा चेकजाँचका साथै विभिन्न तवरबाट बेचविखन विरुद्ध निगरानी राखिरहेका छन् ।माईती नेपालको संरक्षणमा पुगेका खासगरी बालिका र महिलाहरु मध्ये ३८ जना मधेश प्रदेशका, ५८ जना बागमती, ३३ जना कोशी प्रदेशका,लुम्बिनी प्रदेशका १३ जना, गण्डकीका ३८ जना र सुदुरपश्चिमका ७ जना रहेका छन् । जसमध्ये १ देखी ५ वर्ष उमेर समुहका २३ जना, ६ वर्षदेखी ८ वर्ष उमेर समुहका ४६ जना, ९ देखी १२ उमेर समुहका १ सय १ जना,१२ देखी माथिका उमेर समुहका ६ जना रहेका छन् भने अशिक्षित १० जना रहेका छन् ।

त्यस्तै ती मध्ये ८९ जना जनजाती , ४५ जना ब्राह्मण क्षेत्री समुदायबाट छन् भने दलित समुदायबाट २६ जना रहेका छन् । त्यस्तै १९ जना मधेशी र ८ जना मुश्लिम समुदायबाट रहेका छन् । उद्धार गरीएका अधिकांश पर्सा,सर्लाही , झापा , धनुषा लगायतका जिल्लाबाट रहेको माईती नेपालका सुपरभाईजर विरेन्द्र गौतमले जानकारी दिए।

वीरगंजको मुख्य नाकामा निगरानी बढाईएको भएपनि पर्सा जिल्लाको भिश्वा , भंगाहा,बाराको बलिरामपुर लगायत मधेश प्रदेशका अन्य जिल्लाका खासगरी ग्रामीण नाकाबाट विभिन्न अपराधिक गतीविधी लगायत बेचविखनमा पर्ने घटनामा वृद्धि भईरहेको पाईएको माईती नेपालका सुपरभाईजर विरेन्द्र गौतमले बताए ।

हाल उद्धार गरीएका युवती र महिलाहरु मध्ये धेरै जसो हाल देशमा बढ्दो बेरोजगारी समस्याका कारण  टवर्किंग कम्पनीको आर्थिक प्रलोभनमा परेर जानेहरु देखीएका छन् । वी विनर, ओरियन्ज, रिविजन,विशालमार्ट,डाँफे लगायतका नामबाट नेटवर्किंग कम्पनी खोलेर नेपालका मानिसहरुलाई ठगिरहेको पाईएको माईती नेपालले जनाएको छ ।

Related posts

पर्सामा सशस्त्र प्रहरीका एसपी थपलियाकाे हार्ट अट्याकबाट मृत्यु

MadhesKhabar

बाढीले क्षति गरेपछि अवरुद्ध खानेपानीको आपूर्ति यथाशीघ्र सुचारु गर्न मन्त्री यादवको निर्देशन

MadhesKhabar

विश्वकप खेलेर आएपछि वीरगन्जमा नयाँ खेलाडीसँग अनुभव साट्दै आसिफ शेख

MadhesKhabar

Leave a Comment