Madhes Khabar
समाचार

सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन खानेपानीमन्त्री यादवको निर्देशन

काठमाडौं,१८असोजः खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिएका छन्। शुक्रबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन्।

’राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस्,’ उनले भने। जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिए।

खानेपानीमन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भने, ’यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ। जसको ठूलो महत्त्व छ। हालः यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ। तर यसको थप विकास आवश्यक छ।’

उक्त प्रयोगशाला शुक्रबारदेखि सञ्चालनमा आएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवं कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए। यसैबीच मन्त्री यादवले काठमाडौंको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पु¥याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गरे।

निरीक्षणका क्रममा उनले बाढीले क्षति पु¥याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिए।त्यहि क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)को गोदामको पनि अवलोकन गरेका थिए।

 

 

Related posts

पर्साको हरपुरबाट सालको काठ सहित दुइ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा तस्करी गरी ल्याइएको जुत्ता-चप्पल बरामद

MadhesKhabar

धरान पुगेर मन्त्री यादवले भने :सस्तो लोकप्रियताको पछि नलागौं,खानेपानी समस्या समाधानमा जुटौं

MadhesKhabar

Leave a Comment