Madhes Khabar
समाचार

आदर्शनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरबाट ठूलो परिमाणमा प्याज र चिनी बरामद

वीरगन्ज,१४असारःवीरगन्जको आदर्शनगर चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा राजश्व छलिएको प्याज र चिनी बरामद गरेकोे छ ।

वीरगन्जको आदर्शनगरबाट मालसामानसहितको कन्टेनर बोकेर पावरहाउस चोकतर्फ जाँदै गरेको ना ४ ख ३७५९ नम्बरको ट्रक सशस्त्र प्रहरीले आदर्शनगर चोकमै रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकमा रहेको कन्टेनरबाट राजश्व छलेको २ सय ४० क्वीन्टल प्याज, ११ क्वीन्टल चिनी र ५३ थान नयाँ साइकल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

बरामद ती सामानको ५ लाख ८६ हजार ५ सय र ट्रकको १५ लाख रुपैयाँ मुल्यांकन गरेर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बतााए ।

Related posts

जग्गाको कित्ताकाट फेरि खुल्यो

MadhesKhabar

पर्साको भलुवाही खोलाको झाडीबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

Leave a Comment