Madhes Khabar
समाचार

पर्साको भलुवाही खोलाको झाडीबाट ठूलो परिमाणमा चरेस बरामद

वीरगन्ज,८फागुनःपर्साको भुलवाही खोलाको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणमा लागू औषाध चरेस प्रहरीले बरामद गरेको छ ।जीराधवानी गाँउपालिका वडा नम्बर ५ स्थित भलुवाही खोलाको झाडीमा लुकाएर राखिएको करिब १२ केजी चरेस प्रहरीले बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा एउटा बोरा खानतलासी गर्दा उक्त बोराबाट २४ वटा प्याकेटमा रहेको ११ किलो ९५० ग्राम चरेस बरामद गरेको हो ।

बरामद चरेस खोलाको झाडीमा कसले राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।

Related posts

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रबाट गाँजासहित भारतीय बृद्ध पक्राउ

MadhesKhabar

वीरगन्जका पत्रकाहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

MadhesKhabar

Leave a Comment