Madhes Khabar
मधेस प्रदेश समाचार

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ


मधेसखबर
वीरगञ्ज, भदौ ५ गते । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् ।

मिटरब्याजी साहलाई शनिबार राति महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ५ आफ्नै घरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी विपन्न परिवारको उठिबास गराउने र महिलाहरुलाई ऋणकै बाहाना विभिन्न अमानवीय प्रस्ताव राख्ने जस्ता गतीविधी लामो समयदेखि गर्दै आएको साहमाथि आरोप छ ।

महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीका अनुसार पक्राउ परेका साह माथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही प्रक्रिया अगाडी बढाउने कार्य भईरहेको छ ।

गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपी चर्को ब्याजदरमा अर्थात १२ गुनासम्मको तमसुक बनाई ठगी गर्दै आएको आरोप उनी माथि लामो समयदेखी लाग्दै आएको थियो ।

Related posts

वीरगन्जका १६ मध्ये १० वटा वडामा नयाँ अनुहार , ६ जना भने पुरानै दोहोरिए

MadhesKhabar

सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना

MadhesKhabar

मधेस प्रदेशमा समानुपातिक तर्फ काँग्रेस पहिलाे स्थानमा

MadhesKhabar

Leave a Comment