
माधुरी महत्तो
वीरगन्ज, ०६ जेठः वीरगन्ज महानगरपालिकाका ३२ वटा वडा मध्ये अहिले सम्म १६ वटा वडाहरुको नीतजा सार्वजनिक भइसकेको छ । शुक्रबार अपरान्ह ३ बजे सम्म वडा नम्बर १, २ , ३ , ४ , ५ , ६ , ७ , ९ , २५ , २६, २७ , २८ , २९ , ३० , ३१ र ३२ को अन्तिम नतीजा आइसकेको हो । जस मध्ये काँग्रेसले ७ , जसपाले ६ , एमालेले २ र लोसपाले १ वटा वडामा वडाअध्यक्ष जितेको छ । १६ वटाको अन्तिम नतिजा आउदा ६ वटा वडामा पुरानै वडाअध्यक्षहरुले जितेका हुन् भने १० वटा वडाले नयाँ अनुहार पाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका मनोज राउत कुर्मी विजयी भएका छन् । कुर्मी ८५२ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका ओमप्रसाद गुप्ताले ७३३ मत मात्रै प्राप्त गरे । यसअघि नेपाली काँग्रेसकै कार्यकर्ता रहेका कुर्मी , मनोनयनको अन्तिम समयमा काँग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरि जसपाबाट उम्मेदवारी दिएका थिए । २०७४ को निर्वाचनमा उक्त वडामा नेपाली काँग्रेसका मनोज गुप्ता निर्वाचित भएका थिए ।
वीरगन्ज महानगरपालिका नम्बर २ को वडा अध्यक्षमा काँग्रेसका मोहम्मद रियाज मिया तेली विजयी भएका हुन् । तेली ११२१ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका शेख जलसुद्धिनले ८६७ मत प्राप्त गरे । तेलीले निकटतम प्रतिस्पर्धी जलसुद्धिनलाइ २५४ मत अन्तरले पराजित गरेका हुन् । तेश्रो स्थानमा रहेका नेकपा एमालेका मतलुन ठकुराइ मियाले भने ७०७ मत मात्रै पाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा जसपाका बैजुलाल स्वर्णकाल पुन दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । वडाअध्यक्षमा स्वर्णकार १५७० मतका साथ विजयी भएका हुन् । निकटतम पप्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अनवर हुसेनलाइ ४१२ मत अन्तरले पराजित गर्दै स्वर्णकार वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।स्वर्णकारले १५७० मत पाउदा काँग्रेसका उम्मेदवार हुसेनले ११५८ मत पाएका छन् । यस्तै एमालेका सुशील कुमार कण्ठले भने १०० मत मात्रै पाएका छन् ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४ वडा अध्यक्षमा पुन नेपाली काँग्रेसका जगत नारायण साह कानू विजयी भएका छन् । कानु १०७७ मतका साथ दोश्रो कार्यकालका लागि वडा अध्यक्षमा चुनिएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी जसपाका सुदीप लामाले भने २२९ मत पाएका छन् भनने एमालेका सुमन श्रेष्ठले २०६ मत पाए ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर ५ वडा अध्यक्षमा पुन नेकपा एमालेका प्रदीप चौरसीया विजयी भएका छन् । उनि ५६२ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका सुशील सिंह क्षेत्रीले ५३२ मत पाएका छन् भने लोसपाका ललन सिंहले १८९ मत पाएका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ वडा अध्यक्षमा लोसपाका जय प्रकाश अग्रवाल (बाङ्गे) विजयी भएका छन् ।काँग्रेसका पुर्व जिल्ला उपसभापति एंव महाधिवेशन प्रतिनिधि समेत रहेका दिना प्रसाद गुप्तालाइ ३९१ मतले हराउदै लोसपाका अग्रवाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।बिहीबार बिहान सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , लोसपाका उम्मेदवार अग्रवालले ९९४ मत पाउदा काँग्रेसका गुप्ताले भने ६०३ मत मात्रै पाएका छन् । एमालेका ध्रुब लाठले ३५२ र जसपाकी रमितामाया गुप्ताले १९६ मत पाएकी छन् ।यसअघि २०७४ को निर्वाचनमा वडा नम्बर ६ मा काँग्रेसका ध्रुब नेपाल वडाअध्यक्षमा विजयी भएका थिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका हिराकाजी महर्जन विजयी भएका छन् । यसअघिको निर्वाचनमा जसपासंग १८ मतको झिनो अन्तरले पराजित भएका काँग्रेसका हिराकाजी महर्जन यसपाली भने जसपाकै उम्मेदवार दिपक महत्तोलाइ १०५ मतले पाखा लगाउदै वडा अध्यक्षमा निर्वाचित भएका छन् । महर्जन ५६३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका उमेदवार दिपक महतोले २४९ मत पाए भने नेकपा एमालेका उम्मेदवार अरुण क्षेत्री ४५८ मतमै सिसिमत भए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जवाहर प्रसाद गुप्ता विजयी भएका छन् । निवर्तमान वडाअध्यक्ष एंव जसपाका उम्मेदवार मनोज प्रसाद कलवारलाइ ६८ मतले पछि पार्दै गुप्ता वडाअध्यक्षमा जितेका हुन् । गुप्ताले ६१२ मत पाउदा कलवारले भने ५४४ मत मात्रै पाएका छन् । त्यहा एमालेकी उम्मेदवार मिनाक्षी गुप्ता भने ६५ मत मात्रै सिमित भएकी छन् । वडा नम्बर ९ मा वडा अध्यक्ष , दुइ खुल्ला सदस्य , महिला सदस्य र दलित महिला सदस्य सहित ५ वटै पद काँग्रेसले जितेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ को वडाअध्यक्षमा जसपाका आशुतोष चर्तुवेदी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी निवर्तमान वडा अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार विषराज पटेललाइ ५५ मतले पराजित गर्दै चर्तुवेदी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।चर्तुवेदीले ९७७ मत पाउदा पटेलले भने ९२२ मत पाएका छन् । काँग्रेसका उम्मेदवार भैयाराम पटेलले भने ६१४मत मात्रै पाएका छन् । महिला सदस्य , दलित महिला सदस्य र दुइ खुल्ला सदस्य पनि जसपाकै उम्मेदवार विजयी भएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा काँग्रेसका उम्मेदवार शम्भु मिश्रा पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार हिरा मियालाइ ४५८ मतको फराकिलो अन्तरले पराजित गर्दै मिश्रा वडाअध्यक्षमा दोश्रो कार्याकालका लागि निर्वाचित भएका हुन् । मिश्राले १०६६ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हिराले भने ४९८ मत मात्रै पाएका छन् । एमालेका खुर्रम आलमले भने ४५० र जसपाका ग्यासुदिन मियाले २३३ मत पाएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा काँग्रेसका उम्मेदवार हृदयनारायण राउत कुर्मी विजयी भएका छन् ।निवर्तमन वडा अध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार यादवलाइ ४०५ मतले पाखा लगाउदै कुर्मी वडा अध्इक्षमा निर्वाचित भएका हुन् । कुर्मी १५१६ मतका साथ वडाअध्यक्षमा विजयी भएका हुन् । एमालेका प्रदीपले भने १११६ मत र जसपा उमेदवार नागेन्द्र यादवले ४३६ मत मात्रै प्राप्त गरे ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ को वडाअध्यक्षमा नेपाली काँग्रेसका सरजुग महत्तो विजयी भएका छन् ।महत्तो २०१७मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी गिरिजा देवीले १७६३मत पाएकि छन् । २००७४ को निर्वाचनमा काँग्रेसबाटै चुनाव लडेका महत्तो , तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाका उम्मेदवारसंग १८ मतको झिनो अन्तरले पराजित भएका थिए ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २९ को वडाअध्यक्षमा जसपाका धर्मेन्द्र प्रसाद थारु पुन विजयी भएका छन् । थारु ११११ मतका साथ वडा अध्यक्षमा दोश्रो कार्यकालका लागि चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नवीजान मिया अन्सारीले १०६० मत पाए भने काँग्र्रसका अब्दुल वकिल मियाले ९९८ मत पाएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा जसपाका मनोज कुमार यादव विजयी भएका छन् । यादव ६४१ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अली हुसेन देवानले ५८६ मत पाएका छन् भने निर्वतमान वडाअध्यक्ष एंव एमाले उम्मेदवार अमानत मिया अन्सारीले ५२४ मत पाए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र यादव विजयी भएका छन् । यादव १३०७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका १२७३ मत मात्रै प्राप्त गरे । यसअघि वडा अध्यक्षमा जितेका नेपाली काँग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५४९ मतका साथ तेश्रो स्थानमा रहे । यसअघि २०७४ को निर्वाचनमा उक्त वडामा काँग्रेसका चुमनदास चौधरी ७६५ मतका साथ निर्वाचित भएका थिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद मिया विजयी भएका छन् ।वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याउनु भएको हो । उनाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत मात्रै पाए । एमालेका उम्मेदवार अहिरलाइ १४७ मतले पछि पार्दै मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।२०७४ को निर्वाचनमा पनि मिया वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस बेला उनले ८९० मत पाएका थिए ।


