Madhes Khabar
मधेस प्रदेश

राैतहटमा धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

सांकेतिक फोटो

राैतहट,२असार: रौतहटको बौधीमाई नगरपालिका–५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति दुई जना युवाको मृत्यु भएको छ । करेन्ट लागि घाइते भएका उनीहरूको उपचारका क्रममा सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कोपवाटोलका ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय पण्डित कुम्हालको धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाले जनायो । मृतक अरुणको किराना र पण्डितको पान पसल छ ।

अरुणको घरको धारामा जडान भएको विद्युतीय मोटरमा पानी थाप्न गएका बेला अचानक करेन्ट प्रवाह भएको हो । दुवै जना धारामा पानी थाप्न लाग्दा करेन्ट लागेर घाइते भएको र उपचारका क्रममा मृत्युु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक परमानन्द यादवले बताए ।

‘घटना लगत्तै सख्त घाइते भएका दुवै जनालाई स्थानीय क्लिनिकमा उपचार गराइएको थियो,’ उनले भने, ‘थप उपरचारको लागि सदरमुकाम गौर पठाइएकोमा उपचारकै क्रममा राति दुवैको मृत्यु भएको हो ।’

करेन्ट लागेको सूचना पाए लगत्तै सई यादवसहितको टोली घटनास्थल पुगेर घइते उनीहरुको उद्धार गरेको थियो । त्यसबेला सम्म धारामा करेन्ट प्रवाह भइ नै रहेको पाइएको प्रहरीले जनायो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रनानि यादवले बताए ।साभार:इकान्तिपुर

Related posts

धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी परे

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

MadhesKhabar

Leave a Comment