Madhes Khabar
मधेस प्रदेश

मधेस आन्दोलनकै कारण मधेसीले नेपाली नागरिकको सम्मान पाएका हुन् : उपेन्द्र

मधेसखबर
वीरगन्ज,२५ भदौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनकै कारण मधेसीले नेपाली नागरिकको सम्मान पाएको बताएका छन् ।

मधेस आन्दोलनका शहीदको सम्झनामा जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा यादवले मधेसी शहीदको बलिदानकै कारण मधेसीलाई बिहारी र धोती भन्न छाडिएको बताए ।

उनले भने ,‘ ‘मधेस आन्दोलन भन्दा पहिले मधेसीलाई नेपाली नागरिक पनि मानिएको थिएन, बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो, तर वीर मधेसी सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको छ ।’

शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए ।लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व भएको बताए ।

Related posts

बन्द गराउँदै हिँड्ने आजपाका २३ नेता-कार्यकर्ता पक्राउ

MadhesKhabar

आगलागीले बस्ती नै सखाप भएको मटिहानीका पिडितहरुका लागि राहत सामग्री जुट्दै

MadhesKhabar

मधेसको समृद्धि र विकासका लागि तीनै तहको सरकार बिच सहकार्य हुनुपर्छ – मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment