Madhes Khabar
मधेस प्रदेश

कलैयामा प्रहरीले चुनावी पोष्टर ,ब्यानर हटाउन थाल्यो

मधेसखबर
वीरगन्ज,२२ बैशाख
:बाराको कलैया उपमहानगरपालिकामा निर्वाचन आचार संहिता उल्लंघन गरेर सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचारका सामाग्री प्रहरीले बिहीबार देखि हटाउन शुरु गरेको छ ।
बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कलैया उपमहानगरपालिकामा दल र उम्मेदवारहरुले सार्वननिक स्थलमा राखेका ब्यानर , पोष्टर , झण्डा लगायतका चुनावी सामाग्रीहरु बिहीबार देखि हटाउन थालेको हो ।
कलैया उपमहानगरका विद्युत र टेलिफोनका पोल , सरकारी कार्यालय, चोक , नीजी व्याक्तिका घरहरुमा उम्मेदवारहरुले राखेका चुनावी प्रचारका सामाग्रीहरु बिहीबार देखि हटाउन थालेको बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए ।
दल र उम्मेदवारहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेर सार्वजनिक स्थलमा चुनाव प्रचारका सामाग्री राखेको गुनासो आएपछि बिहीबार देखि प्रहरीको सहयोगमा हटाउन थालिएको रेग्मीले बताए ।
रेग्मीले भने ,‘ बुधबार बसेको सर्वदलीय सर्वपक्षिय बैठकमा यस्तो गुनासो धेरै आयो , त्यसैले उम्मेदवार सम्पर्क कार्यालय र दलका पार्टी कार्यालय बाहेक अन्य स्थानमा राखिएका चुनावी सामाग्री हटाउन थालेका हौं , यो कामममा म आफै पनि हिडेको छु ।
रेग्मीले डिजे र लाउडस्पीकरबाट गीत बजाएर उम्मेदवारका प्रचार गरिरहेका इरिक्सा , अटो लगायतका सवारी सधानहरुलाइ पनि नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।
यता पर्सामा भने निर्वाचन कार्यालयले आचार संहिता विपरित सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचारका सामाग्रीहरु ह्टाउन कुनै चासो देखाएको छैन ।
वीरगन्ज महानगरमा हरेक चोक , विद्युतका पोल , सरकारी कार्यालयहरुमा दल र उम्मेदवारका पोष्टर , ब्यानर , तोरणहरु व्यापक मात्रामा राखिएका छन् । यस्तै इरिक्सा , अटो लगायतका साना सवारी साधनहरुमा चर्को स्वरमा डिजे र लाउडस्पीकर बजाएर चुनावको प्रचार भइरहेको छ । यसले ध्वनी प्रदुषण पनि बढाएको छ । तर निर्वाचन कार्यालयले भने लिखित उजुरी नपरेकाले कुनै कार्वाही प्रकृया अगाडि बढाउन नसकिएको जनाएको छ ।

Related posts

भागबण्डा नमिल्दा मधेसका ६० भन्दा बढि पालिकाले बजेट ल्याउन सकेनन्

MadhesKhabar

फास्ट ट्रयाकको डिपीआर संशोधन : लागत र समय घट्यो

MadhesKhabar

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सत्तारुढ दलहरुबिच सहमति

MadhesKhabar

Leave a Comment