Madhes Khabar
मधेस प्रदेश

इजरायलमा मारिएका धनुषाका साहकाे परिवारलाई मधेस सरकारले ५ लाख दिने

इजरायलमा मारिएका धनुषाका आनन्द साह ।फाइल फाेटाे

वीरगन्ज,२४असाेज:मधेस प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहत स्वरूप पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार साँझ एक शोक वक्तव्य जारी गर्दै मृतक परिवारमा समवेदना व्यक्त गर्दै मृतक साहका परिवारलाई प्रदेश सरकारको तर्फबाट पाँच लाख रुपैयाँ राहत प्रदान गरिने जानकारी दिएका हुन् ।

मुख्यमन्त्री यादवले इजरायलमा हमासकाे आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।

यसअघि संघ सरकारलेपनि इजरायलमा मारिएका १० नेपाली विद्यार्थीका परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेकाे थियाे। साेमबार बसेकाे मन्त्री परिषद बैठकले याे निर्णय गरेकाे थियाे।

Related posts

मधेसी सहिद पत्नि विनिताकाे पिडा : हाेटलमा जुठाे भाँडा माझेर बच्चाहरुलाई पालिरहेकाे छु

MadhesKhabar

मधेसका एक लाख ३९ हजारभन्दा बढी घरमा छैन शौचालय

MadhesKhabar

धनुषाबाट अपहरणमा परेका थापाकाे उद्दार, पाँच अपहरणकारी पक्राउ

MadhesKhabar

Leave a Comment