Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसमा कांग्रेसका जनार्दन सिंह क्षेत्रीसहित ४ र लोसपाका १ मन्त्रीले लिए शपथ

धनुषा,३साउन:मधेस सरकारमा नेपाली कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएका छन् । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री,अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर रायलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिइन् ।यसअघि शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।साभार:ईकान्तिपुर

Related posts

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

लाेसपाले संविधान दिवसलाई विरोध दिवस’ को रुपमा मनाउने

MadhesKhabar

वीरगन्जको गाेदाममा मल, गाँउमा हाहाकार

MadhesKhabar

Leave a Comment