Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा प्रहरीद्वारा ३५ सय लिटर लोकल रक्सीसहित चार जना पक्राउ

वीरगन्ज,२३ साउनः वीरगन्ज्बाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा (लोकल रक्सी) सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लोकल रक्सी ओसार पसारम प्रयोग गरिएको एउटा हायस गाडीपनि नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट शनिबार खटिएको प्रहरी टोलीले वीरगन्ज–१५ प्रतिमा चोक स्थित सडकखण्डमा हेटौडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको हायस गाडी रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा लुकाइ छिपाई राखेको प्लाष्टिकको बोराभित्र १०८ वटा पोकामा रहेको २ हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेकोले सवारी साधनसहित त्यसका चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुरको हेटौडा–१० का २९ वर्षीय मनोज कुमार थिङ,बाराको जीतपुरसिमरा–१ की ३५ वर्षीया कोपिला गुरुङ, ३६ वर्षीया रोनु तामाङ र ३३ वर्षीया माया पाख्रिन रहेका छन् ।

मदिरासहित गाडी र ती चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय वीरगन्जमा बुझाइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यस्तै शनिबार नै वीरगन्ज–१५ त्रिशुल चोक स्थित विभिन्न खाजा होटलमा लकुाएर राखिएको थप ७५ पोकामा रहेको १ हजार ३०० लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

Related posts

पूर्वमेयर तेलीसहित ६ जनाविरुद्ध एक करोड ६० लाख भ्रष्टाचारको मुद्दा दायर

MadhesKhabar

पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

MadhesKhabar

काठमाडौंमा प्रहरीद्वारा हवाई फायर गरेर ब्राउन सुगरसहित वीरगन्जका बसरुदिन मियाँ पक्राउ

MadhesKhabar

Leave a Comment