Madhes Khabar
समाचार हेडलाइन

काठमाडौंमा प्रहरीद्वारा हवाई फायर गरेर ब्राउन सुगरसहित वीरगन्जका बसरुदिन मियाँ पक्राउ

काठमाण्डाैं,२७असाेज: काठमाडौंमा प्रहरीले हवाई फायर गरेर ठूलाे परिमाणमा लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित वीरगन्जका एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका–४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगन्ज महानगरपालिका–३१ का ४१ वर्षीय बसरुदिन मियाँलाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतबाट वीरगन्ज नाका हुँदै काठमाडौं उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मंगलबार मियाँ शंकास्पद अवस्थामा फेला परेका थिए।

प्रहरीले उनलाई रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ। पक्राउ परेका मियाँको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको छ।

ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मियाँले पछिल्लो तीन महिनामा २०० ग्रामका दरले पाँचदेखि छ पटकसम्म काठमाडौं उपत्यकामा खैरो हेरोइन आपूर्ति गरिसकेको खुलेको छ।

Related posts

पटेर्वा सुगौलीमा हात्ती र जिप सफारीसहित तीन दिने माघी तथा भाथा महोत्सव आजदेखि सुरु

MadhesKhabar

वीरगन्जलाई डुबानबाट बचाउन पूर्व तयारी: मुख्य नाला सफाईमा तिब्रता

MadhesKhabar

मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई रिहा गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment