Madhes Khabar
धर्म/संस्कृति पर्यटन हेडलाइन

पटेर्वा सुगौलीमा हात्ती र जिप सफारीसहित तीन दिने माघी तथा भाथा महोत्सव आजदेखि सुरु

वीरगन्ज,०१माघःपर्साको पटेर्वा सुगौली गाँउपालिकामा जिप र हात्ती सफारीसहित माघी(खिचडी) तथा भाथा महोत्सव मंगलबारदेखि सुरु भएको छ ।

माघी (खिचडी) पर्वको उपलक्ष्यमा पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सिथत खेल मैदानमा मंगलबारदेखि सुरु माघी तथा भाथा महोत्सवको थारु समुदायका अगुवा एंव ज्येष्ठ नागरिक परमेश्वर गौरोले समुद्घाटन गरे ।

चाडपर्व मनाउनेसंगै पालिकामा रहेको धार्मिक पर्यटकीयस्थल भाथा धामको प्रचार प्रसार र पर्यटन प्रबर्धन गर्ने उदेश्यले गाँउपालिकाले तीन दिने माघी तथा भाथा महोत्सव आयोजना गरेको हो ।मंगलबारदेखि सुरु तीन दिने महोत्सवस्थलमा थारु समुदायका खानाका परिकार, मौलिक पहिरन र भेषभुषा, पालिकामा उत्पादन भइरहेका ढकिया–पथिया,दुना–टपरी,नारी सुरक्षा सेनेटरी प्याड,कृषि औजार लगायतको स्टलहरु प्रदर्शनीका लागि राखिएको छ ।

यस्तै महोत्सवस्थलमै पहिलोदिन मंगलबार रक्तदान कार्यक्रमपनि आयोजना गरिएको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन् । महोत्सवमा हरेक दिन थारु लोकसंगीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमपनि हुने उनले बताइन् ।

तीन दिने महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलभिभित्र रहेको पर्सा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल दग्धेश्वरनाथ महादेव मन्दिर भाथा थामको प्रचार–प्रसार र पर्यटन प्रबर्धनका लागि जीप र हात्ती सफारीकोपनि व्यवस्था गरिएको छ ।

महोत्सवस्थल देखि भाथा धामसम्म जीप सफारी र जंगलभित्र हात्ती सफारीको व्यवस्था मिलाइएको महत्तोले बताइन् । उनका अनुसार, जिप सफारीको शुल्क प्रतिव्याक्ति ६ सय रुपैयाँ तथा जिप र हात्ती दुवैको सफारीका लागि प्रति व्याक्ति १ हजार २ सय रुपैयाँ तोकिएको छ ।

पर्सा जिल्लाकै प्रुमख धार्मिक पर्यटकीय स्थल भाथा धामको प्रचार प्रसारसंगै पयर्टक प्रबर्धनका लागि महोत्सवमा जिप र हात्ती सफारीको प्रबन्ध गरिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए ।

यसबाहेक तीन दिने महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमपनि हुने माघी मूल समारोह समितिका संयोजक मुकेश गौरोले जानकारी दिए ।

मंगलबार गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको तीन दिने महोत्सवको समुद्घाटन समारोहमा गाँउपालिका उपाध्यक्ष महत्तो,माघी मूल समारोह समितिका संयोजक मुकेश गौरो,पाँच वटै वडाका वडाध्यक्ष, थारु समुुदायका अगुवा लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

संघिय सांसद यादवद्वारा बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत

MadhesKhabar

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

MadhesKhabar

Leave a Comment