Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको भिस्वामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे घटनास्थलमै मृत्युु

वीरगन्ज,७माघ:वीरगन्जमा आइतबार बिहान माेटरसाइकल दुर्घटना हुदाँ दुई जना युवककाे घटनास्थलमै मृत्युु भएकाे छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको माेटरसाइकल दुर्घटना हुदाँ त्यसमा सवार दुई जनाकाे मृत्यु भएकाे हाे ।

भिस्वाबाट भेडियाही जाने बाटाेमा उक्त माेटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटनामा परेकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

मृतकहरुकाे पहिचान भने अहिलेसम्म खुल्न नसकेकाे उनले बताए ।

थापाका अनुसार दुर्घटना शनिबारराति नै भएको अनुमान छ ।आइतबार  बिहान स्थानीयहरूले युवकहरूलाई लडेको देखेपछि प्रहरीका खबर गरेका थिए ।  प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पुर्‍याएको छ ।

मृतकहरुकाे पहिचान र घटना बारे अनुसन्धान भइरहेकाे थापाले बताए ।

Related posts

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

स्व. नरेश सर्राफ स्मृति अक्षय कोषमा पनि वीरगन्जका मेयर सिंहले दिए नगद १० लाख

MadhesKhabar

Leave a Comment