Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको भिस्वामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे घटनास्थलमै मृत्युु

वीरगन्ज,७माघ:वीरगन्जमा आइतबार बिहान माेटरसाइकल दुर्घटना हुदाँ दुई जना युवककाे घटनास्थलमै मृत्युु भएकाे छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको माेटरसाइकल दुर्घटना हुदाँ त्यसमा सवार दुई जनाकाे मृत्यु भएकाे हाे ।

भिस्वाबाट भेडियाही जाने बाटाेमा उक्त माेटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटनामा परेकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

मृतकहरुकाे पहिचान भने अहिलेसम्म खुल्न नसकेकाे उनले बताए ।

थापाका अनुसार दुर्घटना शनिबारराति नै भएको अनुमान छ ।आइतबार  बिहान स्थानीयहरूले युवकहरूलाई लडेको देखेपछि प्रहरीका खबर गरेका थिए ।  प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पुर्‍याएको छ ।

मृतकहरुकाे पहिचान र घटना बारे अनुसन्धान भइरहेकाे थापाले बताए ।

Related posts

वीरगन्जमा आयोजित दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी मधेस प्रदेशलाई

MadhesKhabar

वीरगञ्जमा लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै

MadhesKhabar

पटेर्वासुगौली–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

Leave a Comment