Madhes Khabar
मधेस प्रदेश

महोत्तरीमा बस दुर्घटना : १ जनाको मृत्यु, २० जना घाइते

जनकपुरधाम,१७असाेज:महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

काठमाडौं–खैरमारा चल्ने बस आज (शु)बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार:अनलाइनखबर

Related posts

सोनरनियामा करेन्ट लागेर एक बालकको मृत्यु

MadhesKhabar

मधेस : व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने ‘घुमुवा’ प्रहरीहरु जेल चलान

MadhesKhabar

पत्रकार यादवमाथि धारिलो हतियार प्रहार , तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment