Madhes Khabar
मधेस प्रदेश

सोनरनियामा करेन्ट लागेर एक बालकको मृत्यु

सांकेतिक फोटो ।

रौतहट,३१असारःरौतहटमा करेन्ट लागेर १४ वर्षीय एक बालकको मृत्यु भएको छ। मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनियाका सुधन राउत कुर्मीका १४ वर्षीय छोरा नरेन्द्र पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पटेलको मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

Related posts

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सिराहाका ठाकुर नियुक्त

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

MadhesKhabar

मधेस: खाल्डोमा जमेकाे पानीमा डुबेर १ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment