Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सिराहाका ठाकुर नियुक्त

जनकपुरधाम, १५ माघ : मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् ।मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा ठाकुरलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६० बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।साभारः अनलाइनखबर

Related posts

इँट्टाभट्टामा लगेर बलात्कार गर्ने युवक रौतहटमा पक्राउ

MadhesKhabar

लक्ष्मिनियामा मोटरसाइकल र साइकल आपसमा ठोक्किदाँ ३ जना युवकको मृत्यु

MadhesKhabar

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment