Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सिराहाका ठाकुर नियुक्त

जनकपुरधाम, १५ माघ : मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् ।मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा ठाकुरलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६० बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।साभारः अनलाइनखबर

Related posts

जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

MadhesKhabar

मधेस सरकारबाट एमालेपनि बाहिरियाे, अब ढल्ने भयाे जसपा नेपालकाे सरकार

MadhesKhabar

मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

MadhesKhabar

Leave a Comment