सिरहा,६असार:सिरहाको सिरहा नगरपालिका–१८ लक्ष्मिनियामा मोटरसाइकल र साइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए।
मृत्यु हुनेहरूमा सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।प्रदीप र नरेश माेटरिाइकलमा तथा कुसे राय साइकलमा सवार थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

