Madhes Khabar
मधेस प्रदेश

सर्लाहीकाे बरहथवामा प्रहरी चलाएकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु

सर्लाही,२०पुष:सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीकाे गोली लागेर एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।

Related posts

सर्लाही: नापी कार्यालयकाे गाडी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु

MadhesKhabar

देवतालमा स्थगीत मतदान सुचारु

MadhesKhabar

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

MadhesKhabar

Leave a Comment