Madhes Khabar
मधेस प्रदेश हेडलाइन

महोत्तरी मटिहानीको आगलागी(अपडेट): १२५ घरगाेठ जलेर बस्ती नै सखाप

जनकपुरधाम,१२बैशाख:महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १२५ भन्दा बढी घरगोठ जलेका छन् । मटिहानी नगरपालिका-६ जर्लहवागाछी भगवती टोलमा बुधबार दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो ।

१० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।

धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेकव विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । त्यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेको बताएका छन् ।आगलागीमा ५ वटा बाख्रा र दुईवटा सुँगुरपनि जलेर मरेको उनले बताए । क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।साभार:अनलाइनखबरबाट

Related posts

छिमेकी देशमा कोरोना संक्रमणको लहर फेरी उकालो लाग्दा पनि होल्डिङ सेन्टर हस्तान्तरणमा अझ अन्योल

MadhesKhabar

वीरगन्जको हरि खेतान क्याम्पसमा पहिलो पटक नेविसंघको पहलमा स्ववियु गठन

MadhesKhabar

वीरगन्जको गीता मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्बको रौनक (फोटो फिचर)

MadhesKhabar

Leave a Comment