Madhes Khabar
मधेस प्रदेश

इँट्टाभट्टामा लगेर बलात्कार गर्ने युवक रौतहटमा पक्राउ

सांकेतिक फोटो

रौतहट,२२असोजःकिशोरी बलात्कारको आरोपमा रौतहटमा युवक पक्राउ परेका छन् । पक्राउ परेकालाई प्रहरीले सोमबारदेखि बयान लिन थालेको छ ।

गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २० वर्षीय नासिर ईमामलाई किशोरी बलात्कारको आरोपमा इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

गुजरा नगरपालिका– ५ कै एक किशोरीलाई स्थानीय इँट्टाभट्टामा लगेर उनले बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा खबर गरेका थिए । पीडितको जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थपिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

प्रहरीले ईमामलाई शनिबार दिउँसो गाउँबाट पक्राउ गरेको हो । आइतबार अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान आगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराएको छ ।साभारः ईकान्तिपुर

Related posts

मधेसका बेराेजगार युवालाई मासिक २ हजार भत्ता दिने मुख्यमन्त्री यादवको घाेषणा

MadhesKhabar

मधेस प्रदेशकाे उपसभामुखमा जनमत पार्टीकि बबिता निर्वाचित

MadhesKhabar

त्रिशुली दुर्घटनाका मृतकका परिवारलाई १/१ लाख राहत दिने मधेसका मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

Leave a Comment