Madhes Khabar
मधेस प्रदेश

मधेस : व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने ‘घुमुवा’ प्रहरीहरु जेल चलान

जनकपुर,१९चैत : जनकपुरमा एक व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने दुई ‘घुमुवा’प्रहरी पूर्वपक्षका लागि कारागार चलान भएका छन् । जनकपुरका एक व्यापारीको ३१ थान मोबाइल र दुई लाख रुपैयाँ नगद लुटेको आरोपमा धनुषा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई ‘घुमुवा’ प्रहरीलाई पूर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहत सादा पोशाक ‘घुमुवा’मा खटिएका प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले व्यापारीसँग मोबाइल खोसेर अपराधिक लाभ लिन खोजेको तथा व्यापारीलाई पक्राउ गरी शरीर बन्धक बनाएर राखेको आरोपमा धनुषा जिल्ला अदालतले कारागार चलान गरेको हो ।

न्यायाधीश हरिकृष्ण श्रेष्ठको एक इजलाशले दुवैजनालाई पूर्पक्षका लागि कारगार चलान गरेको हो । धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिका– २ जटही भन्सार कार्यालय नजिकबाट गत फागुन ८ गते अपरान्ह ४ बजेतिर सन्तोष कुमार महतोलाई विभिन्न कम्पनीको मोबाइलसहित नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर मोबाइल र मानिस दुवै छाडिदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरी,रुपैयाँ समेत लिएर मोबाइल फिर्ता नदिइ झोलासहित मोबाइल र नगद लिएको गएको दायर आरोपपत्रमा उल्लेख छ ।

झोलासहित मोबाइल र बार्गेनिङ्गको रकम लिएर जनकपुरधाम उप–महानगरपालिका ७ वडा कार्यालयस्थित अञ्जनी माई कुटीको उत्तरतर्फबाट पानी पोखरीको डिलमा घाँस झारीभित्र लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको थियो ।

अनुसन्धानको क्रममा लुकाएर राखिएको मोटु पत्लु लेखिएको व्यागमा उजूरीमा उल्लेख गरिएको ३१ थान मोबाइल र २ लाख रकम मध्ये ९५ हजार रुपैयाँ समेत बरामद भएको आरोप पत्रमा उल्लेख छ ।साभारःअन्नपूर्णपोष्टबाट

Related posts

वडा सचिवहरुलाइ मेयर सिंहको निर्देशन– दुख दिने होइन,जनतालाइ सर्वोपरी मानेर काम गर्नु होला

MadhesKhabar

महोत्तरीमा नेहा चौधरीका समर्थकसंग झडप हुदाँ ४ जना प्रहरी घाइते

MadhesKhabar

प्रेस युनियन मधेस प्रदेशको भेला सम्पन्न

MadhesKhabar

Leave a Comment