Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा डेङ्गी नियन्त्रण अभियान : बाहिरबाट आएका ८२ वटा बसमा गरियो स्प्रे

वीरगन्जं,३० भदौं : पछिल्लो समय बढ्दै गएको डेङ्गीको संक्रमण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले डेङ्गीको संक्रमण सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ ।यसैक्रममा महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लाागि विभिन्न स्थानमा स्प्रे गर्ने अभियानपनि चलाइरहेको छ ।बाहिरबाट वीरगन्जमा आउने यात्रुवाहक बसमासमेत महानगरपालिकाले स्प्रे गर्न थालेको छ ।

महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवका अनुसार , शनिबार बिहान मात्रै बाहिरबाट वीरगन्ज आएका ८२ वटा बसमा स्प्रे गरिएको छ ।महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखाका र नगर प्रहरीको टोली स्प्रेका लागि परिचालन गरिएको महानगरको सरसफाई शाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।

वययसका साथै वीरगन्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नृसिंह माविसम्म रहेका टायर पसलमा राखिएका टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको मियाँले जानकारी दिए ।

वीरगन्ज महानगरकाका मेयर राजेशमान सिंहको निर्देशनमा भदौ २६ गतेदेखि सुरू भएको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान अन्तर्गत शनिबार बिहानसम्म ५ सय ६३ वटा टायरको लार्भा नष्ट गरिएको मियाँले बताए ।

मानिसको अत्याधिक भिडभाड हुने सार्वजनिक स्थानमा पनि किटनाशक औषधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए । शनिबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा पनि स्प्रे गरिएको उनले जानकारी दिए ।

Related posts

उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु आज बारा आउदै

MadhesKhabar

पर्सा–बारा औद्योगिक करिडोरका ७ सिमेन्ट उद्योग बन्द हुदाँ १ हजार जनाको रोजगारी गुम्यो

MadhesKhabar

छिपहरमाई गाँउपालिकामा अख्तियारकाे छापा

MadhesKhabar

Leave a Comment