Madhes Khabar
स्थानिय हेडलाइन

लामखुट्टेको प्रकोप बढेपछि वीरगन्ज महानगरमा विषादी छर्कने तयारी, तपाईको वडामा कहिले ?

फाइल तस्बिर ।

वीरगन्ज,२६फागुनःवीरगन्जमा केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ।आगामी चैत ३ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टेनियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि चैत ३ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि नालामा पम्प एस्प्रेबाट लार्भा साइटींग स्प्रे बिहानदेखि साँझ सम्म ३ पटक र वयष्क लामखुट्टे मार्नका लागि बेलुकीदेखि रातिसम्म २ पटक एयर स्प्रे गर्ने तालिका रहेको उनले बताए ।मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको विषादीको स्प्रे चैत ३ गतेदेखि सुरु गरिनेछ।

जाडो सकिएर गर्मी मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान, साँझ , बेलुका रातिको समयमा ‘एयर स्प्रे’ र ’पम्प स्प्रे गरिने उनले बताए ।वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएको र त्यही अनुरुप चैत ३ गतेदेखि एयर स्प्रे र पम्प स्प्रेको काम सुरु गरिने उनले बताए ।

विषादी छर्ने अभियान ३२ वटै वडामा चैत २७ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।चिसो र गर्मी मौसम शुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

Related posts

नेपाल इन्जिनियर्स एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरु वीरगन्ज महानगरबाट सम्मानित

MadhesKhabar

मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

MadhesKhabar

वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा एक बालिकाले हाम फालिन् , खाेजी कार्य जारी

MadhesKhabar

Leave a Comment