Madhes Khabar
खेलकुद हेडलाइन

टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे

काठमाडौं,१७असोजः ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित कुमार पौडेलको कप्तानीमा शुक्रबार १५ सदस्यीय टोली घोषणा गरेकोे क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

टोलीमा रोहित पौडेल(कप्तान),दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।
प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।

 

 

Related posts

वीरगन्जमा सानो पाईलाद्वारा ‘बाल श्रमिकको उद्धार अभियान’ सुरु, एकैदिन १७ बालकको उद्धार

MadhesKhabar

यान्त्रीकरणतर्फ आकर्षित हुदैं पर्साका किसानहरु

MadhesKhabar

भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा “फगुआ के रंग लोक गीत के संग” कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment