Madhes Khabar
खेलकुद

एनपीएलमा कर्णालीलाई हराउँदै चितवनको सुखद सुरुवात

काठमाडौं,२ मंसिरः चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक÷एक विकेट लिए ।

Related posts

फाइनलमा बंगलादेशसंग नेपाल पराजित

MadhesKhabar

टी–२० विश्वकप : पहिलो पटक समूह चरणबाटै बाहिरियो न्युजिल्यान्ड

MadhesKhabar

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment