Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप फुटबल वैशाख ५ गतेदेखि

वीरगन्ज ,३ वैशाख : बाराको परवानीपुरमा वैशाख ५ गते शनिबारदेखि आयोजना हुन लागेको पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले छ ।बिहीबार बिहान परवानीपुर खैल मैदानमा आयोजक शक्ति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर वैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगीताको सबै तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा भारतको एक र नेपालका सात गरी कूल आठ वटा टिमले भाग लिने प्रतियोगिताका संयोजक संजय मण्डले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा आयोजक शक्ति युवा क्लब परवानीपुर, वीरगन्ज युनाइटेड क्लब, वीरगन्ज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब,नव जनजागृती युवा क्लब सिमरा ,चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब गरी आठवटा टीम सहभागी हुनेछन् ।

प्रतियोगिता आयोजनामा करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोे प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त हुने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तले बताए ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका उपाध्यक्ष हुलास यादव , महासचिव ध्रुव साह , कोषाध्यक्ष सोनालाल मण्डल ,क्लबका प्रशिक्षक पंकज चौधरी , पुर्व फुलबल खेलाडी बिनोद न्यौपाने , प्रहरी चौकी परवानीपुरका इन्चार्ज शक्ति श्रेष्ठ ,सदस्यहरु तिवारी यादव , राजेश यादव , सलिम आलम , इमाम आलम लगायतकाकोपनि सहभागीता रहेको थियो ।

Related posts

कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा पटेल सर्वसम्मत चयन

MadhesKhabar

टी-२० विश्वकपकाे उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

MadhesKhabar

पहिलो टी–२० क्रिकेटमा अफगानिस्तानमाथि भारतकाे सहज जीत

MadhesKhabar

Leave a Comment