वीरगन्ज,१७साउनःनेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षा असेश्वर पटेल सर्वसम्मत चयन भएका छन् ।शनिबार वीरगन्ज–२४ स्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा सम्पन्न नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पटेल सर्वसम्मत चयन भएका हुन् ।
संघको उपाध्यक्षमा सुबोध श्रीवास्तव र उपाध्यक्ष –महिला) मा रोशनी श्रेष्ठ,सचिवमा राजेश पटेल र सहसचिवमा पुष्पराज यादव,कोषाध्यक्षमा सोनालाल मण्डल तथा सदस्यहरुमा दिलिप दास, अरवाज हुसेन,सन्दीप यादव,रामविनय ठाकुर, महमद मन्सुर,आकाश पटेल,फिरोज अन्सारी,दिपीका पटेल,आशीष बैठा ,सोनु पटेल लगायतका रहेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साका निवर्तमान कार्यवाहक अध्यक्ष असेश्वर पटेलको अध्यक्षता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिवेशनमा कांग्रेस नेताहरु प्रेम बहादुर थापा,प्रकाश उपाध्याय, महमद साहबुदिन,अनिल सिंह, दिलिपराज कार्की, हिरा श्रेष्ठ,विटु पटेल, राहुल पटेल,पर्सा तेक्वान्दो संघका अध्यक्ष गणेश श्रेष्ठ लगायतकाको सहभागिता थियो ।

