Madhes Khabar
खेलकुद

वीरगन्ज युनाइटेड ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा

वीरगन्ज,१कार्तिकः पर्साको ठोरी गाँउपालिका ४ बिजयबस्तीमा जारी स्व. रामबहादुर श्रेष्ठ स्मृति ठोरी गोल्डकप फुटबलमा बुधबार भएको खेलमा जित हात पार्दै वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिजयबस्तीस्थित खेलमैदानमा भएको क्वाटरफाइनल खेलममा आर.टी.वाई. सिमरालाई २–१ ले पाखा लगाँउदै वीरगन्जले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । उक्त खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका युवराज खड्का घोषित भए ।

प्रतियोगितामा बिहीबार पहिलो सेमिफाइनलका खेल बाग्मती युवा क्लब सर्लाही र निर्मल समाज युवा क्लब ठोरी ४ बिच हुनेछ । असोज २० गते देखि सुरु प्रतियोगिताको फाइनल खेल कार्तिक ६ गते हुन छ । प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहेको छ । उपाधि विजेता टिमले नगद ३ लाख र उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

 

Related posts

वीरगन्जमा राष्ट्रिय स्तरको खेलकुद गतिविधि बढेको देख्दा खुशी लागेको छ : मेयर सिंह

MadhesKhabar

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

MadhesKhabar

आयरल्यान्डसंगकाे दाेश्राे टि-२० क्रिकेटमा भारत विजयी

MadhesKhabar

Leave a Comment