वीरगन्ज,१२बैशाखःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पछिल्लो समय वीरगन्जमा राष्ट्रिय स्तरका खेलकुद गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन् ।वीरुगन्जमा आयोजित तीन दिने राष्ट्रिय स्तरको बुद्धिचाल(चेस) प्रतियोगिताको बुधबार आयोजित समापन समारोहमा बोल्दै मेयर सिंहले पछिल्लो समय वीरगन्जमा खेलकुद गतिविधी बढ्दै गएको र यो वीरगन्जबासीका लागि खुशीको विषय भएको बताए ।
उनले वीरगन्ज महानगरपालिकाले युवा र खेलकुदलाई प्राथमिकता दिएको बताए ।यहाँका खेलाडीको सम्मान र प्रोत्साहनका क्षेत्रमा महानगरले काम गरिरहेकोपनि उनले बताए।वीरगन्जमा आगामी दिनमा अझै धेरै खेलकुद गतिविधि बढाउने गरी महानगरले गृहकार्य गरिरहेको पनि उनले सुनाए।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरे । खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको धारणा छ । खेलकुद र खेलाडीमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले खेलाडीलाई मासिक प्रोत्साहन भत्तासँगै, राष्ट्रसेवक खेलाडीलाई निश्चित मापदण्ड बनाएर सम्मानजनक जीवनयापनका लागि निवृतिभरणको व्यवस्थाका लागि महासंघले निरन्तर आवाज उठाइरहेको बताए ।
नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा गत सोमबार सुरु भई बुधबार सम्पन्न भएको प्रतियोगीतामा छात्रतर्फ १८ वर्ष मुनीको स्पर्धामा पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितिय र शुभम श्रेष्ठ तृतिय भएका छन् ।
१६ वर्ष मुनीको स्पार्धमा अनुष्ण गौतम प्रथम, आद्यन्त काफ्ले द्वितिय र क्षितिज सेन तृतिय भएका छन् । १४ वर्ष मुनीको स्पार्धमा अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र कशिव कार्की तृतिय भएका छन् । १२ वर्ष मुनीको स्पर्धामा अविन पाण्डे प्रथम, ओस्कार पन्थी द्वितिय र सरल मैनाली तृतिय भएका छन् । १० वर्ष मुनीको स्पार्धमा अग्रिम सैँजु प्रथम, हार्दिक पन्त द्वितिय र साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष मुनीको स्पर्धामा सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् ।
यसैगरी छात्रातर्फ १८ वर्ष मुनीको स्पर्धामा सनम श्रेष्ठ प्रथम र साक्षी साह दोश्रो ,१६ वर्ष मुनीको स्पार्धर्मा पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छन् । १४ वर्ष मुनीको स्पार्धमा स्नेहा कुमारी साह प्रथम र सृष्टि साह दोश्रो भएकी । १२ वर्ष मुनीको स्पर्धामा विविशा तामांग प्रथम र तचिता अग्रवाल दोश्रो, १० वर्ष मुनीको स्पर्धामा ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय तथा ८ वर्ष मुनीको स्पार्धमा अग्रता आचार्य प्रथम र आरजु रोकाय दोश्रो भएकी छन् ।
प्रतियोगीतामा विजेता तथा उपविजेताहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगीताका निर्देशक सुलभ केसीले जानकारी दिए । उनकाअनुसार सबै उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।
वीरगन्जमा आयोजित प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
बुद्धिचाल खेलाडी उत्पादनसँगै बुद्धिचाल खेलकुदप्रति विद्यार्थीको अभिरुची अभिवृद्धि गर्ने उदेश्यले वीरगन्जमा प्रतियोगीता आयोजना गरिएको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष समेत रहेका प्रतियोगीताको नतिजा चिफ आर्बिटर रामकिशोर सिंह परागले बताए ।

