Madhes Khabar
खेलकुद

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाइ

मधेसखबर
वीरगन्ज,१५जेठः
स्पेनिस क्लब रियल मड्रिडले , यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनल खेलमा इंग्लीश क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।जितसँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ ।
लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् ।

Related posts

अर्जेन्टिनासँग हार्याे ब्राजिल

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे लगातार तेस्राे जीत

MadhesKhabar

विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

MadhesKhabar

Leave a Comment